जर्मनी र इटालीबीच अन्तिम सेमिफाइनल आज
काठमाडौं, १४ असार : ६ पटकको युरोपियन च्याम्पियन जर्मनीका बास्टीन स्वीस्टीजर युरो कपको अन्तिम सेमिफाइनल खेलका लागि तयार भएका छन् । उनी खुटटाको चोटका कारण उनको सहभागिता अन्यौल रहेको थियो । जर्मनीका प्रशिक्षक जोआचिमले इटाली विरुद्ध मारियो गोभेज, लुकास पोडोल्सकी र थोमस मुलरलाई उत्रानेछन् ।
तर इटालीका प्रशिक्षक गिओरगिआलाई डानियल डी रोसी र इग्नाजिओले चोट बोकेपछि चिन्तामा परेका छन् । इटालीका टीम डाक्टरले उनीहरुलाई तयार पार्ने बढी केन्दि्रत रही उपचार गरिने बताएका छन् ।
स्वीस्टीजरले भने, ‘ म पूर्णरुपमा फिट छु , खेलको बारेमा आफु कसरी प्रस्तुत हुने सोचीरहेको छु । मैले टेनिङमा पनि सहभागी भएको छु ।’
युरो कप २०१२ मा दुवै टोलीले आफना प्रतिद्धन्द्धीलाई दबाबमा राख्दै सेमिफाइनल सम्मको यात्रा तय गरेका छन् । इटालीका एन्ड्रीया पिरलोले जमनी आफनो टीमसँग डराईरहेका छन्, आफु स्पेनकै स्तरमा खेलिरहेका छौ । पिरलो र गोलरक्षक गियानलुइगी जर्मनीका लागि टाउको दुखाई सावित हुनेछन् ।
हेड टु हेड जर्मनी र इटालीबीच ७ पटक भेट भैसकेको छ । यी भिडन्तहरु विश्वकप अथवा युरो कपमै हुने गरेको पाइएको छ । इटालीले सन् १९७० र २००६ को विश्वकपमा जर्मनीलाई हराएका थिए ।युरो कपको भेटमा पनि लिग चरणमा १/१ गोलको बराबरीमा सकेको थियो ।
जर्मनी
युईएफएका अनुसार जर्मनीले पछिल्लो समयमा १५ जीत दर्ता गराई नयाँ रेकर्ड बनाएको छ । जमनी ६ पटकको युरोपियन च्याम्पियन रहिसकेको छ । सन् १९८८ मा पहिलो पटक सेमिफाइनलमा मात्रै प्रवेश गर्न सकेन । समग्रमा युरो कपमा १७ पटक सेमिफाइलनमा आफनो स्थान पक्का गरेका हुन् ।
इटाली
इटाली प्रमुख खेलहरुमा दुई चोटी फाइनलमा प्रवेश गर्न सकेको छैन् । उनीहरु सन् १९८८ मा रुससँग र १९९० मा अजेन्टिनासँग पराजित भए बाहेक अहिले सम्म १० पटक सेमिफाइनलमा गएका थिए । तर दुई युरो कपमा भने सेमिफाइनलमा जान सकिरहेको थिएन ।













Doha Time

No comments:
Post a Comment