इङल्यान्डको पेनाल्टी दुर्भाग्य कायमै, इटाली सेमिफाइनलमा
महत्त्वपूर्ण प्रतियोगिताको महत्त्वपूर्ण खेल टाइब्रेकरमा जाँदा पेनाल्टी मिस गर्ने परम्परा कायम हुँदा इटालीले ४-२ ले पराजित गर्दै इङल्यान्डलाई घर फर्काएको छ। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि निर्णय गर्न युरो २०१२ प्रतियोगिता कै पहिलो टाइब्रेकर भएको हो। यो सँगै इङल्यान्डले पछिल्ला सात वटा प्रतियोगितामा पेनाल्टी सुट आउटका कारण पराजित हुनु परेको संख्या छ पुगेको छ। पेनाल्टीबाट इङल्यान्डले जितेको एउटै खेल युरो १९९६ को स्पेनविरुद्धको खेल हो। सन् १९९० को विश्वकपको सेमिफाइनलमा पश्चिम जर्मनीले पेनाल्टीमा पराजित गरेपछि इङल्यान्डको पेनाल्टी दुर्भाग्य सुरु भएको हो। युरो १९९६ को सेमिफाइनलमा पनि जर्मनीले पेनाल्टी मै उसलाई हरायो। १९९८ को विश्वकपमा अर्जेन्टिनाले दोस्रो चरणमा पेनाल्टी मै इङल्यान्डलाई पराजित गर्यो भने युरो २००४ र २००६ को विश्वकप दुवैमा पोर्चुगलले इङल्यान्डलाई पराजित गरेको पेनाल्टी मै थियो। इङल्यान्डका स्ट्राइकर वायने रुनीले पेनाल्टी दुर्भाग्यबाट बाहिर निस्कन निकै गाह्रो भएको बताए। किभको रङ्गशालामा पेनाल्टी पहिलो मिस गर्ने भने इङल्यान्डका खेलाडी नभएर इटालीका रिकार्डो मोन्टोलिभो थिए। रुनीले गोल गरेर इङल्यान्डलाई २-१ ले अगाडि पारेकै थिए।
तर इङल्यान्डको सपनालाई खरानी बनाउने काम एस्ले यङ र एस्ले कोलले गरे। त्यसपछि निर्णायक पेनाल्टी हान्ने जिम्मा इटालीका अलेस्सान्द्रो दिमन्टीले पाए। उनले सजिलै गोल गरेपछि इटालीको सेमिफाइनल भिडन्त जर्मनीसँग पक्का भयो।
एस्ले कोलले चेल्सीको च्याम्पियन्स लिग खेलमा पेनाल्टीलाई सहजै गोलमा परिणत गरेका थिए। एस्ले यङले पनि म्यानचेस्टर युनाइटेड र वाटफर्डका लागि पेनाल्टी गोलमा परिणत गरेका थिए। तर देशका लागि भने उनीहरुले पेनाल्टी गुमाए।
खेल पेनाल्टीमा गुमाए पनि पूरै खेलमा इटालीको दबदबा थियो। इटालीको सट्स अन टार्गेट २० थियो। यो संख्या युरो २०१२ का सबै चार खेलमा इङल्यान्डको भन्दा एकले बढी हो। इटालीले बललाई ६४ प्रतिशत नियन्त्रणमा राखेको थियो।
इङल्यान्डलाई चित्त बुझाउने बाटो भने छ। हडगसन भन्छन्, हामी नर्मल टाइममा अपराजित रह्यौँ। हुन पनि इङल्यान्डले यो प्रतियोगिताको पहिलो खेल फ्रान्सँग बराबरी खेलेको थियो भने स्वीडेन र युक्रेनलाई समूह चरणमा पराजित गरेको थियो।

Doha Time

No comments:
Post a Comment