Thursday, June 28, 2012


जर्मनी र इटालीबीच अन्तिम सेमिफाइनल आज



काठमाडौं, १४ असार : ६ पटकको युरोपियन च्याम्पियन जर्मनीका बास्टीन स्वीस्टीजर युरो कपको अन्तिम सेमिफाइनल खेलका लागि तयार भएका छन् । उनी खुटटाको चोटका कारण उनको सहभागिता अन्यौल रहेको थियो । जर्मनीका प्रशिक्षक जोआचिमले इटाली विरुद्ध मारियो गोभेज, लुकास पोडोल्सकी र थोमस मुलरलाई उत्रानेछन् ।
तर इटालीका प्रशिक्षक गिओरगिआलाई डानियल डी रोसी र इग्नाजिओले चोट बोकेपछि चिन्तामा परेका छन् । इटालीका टीम डाक्टरले उनीहरुलाई तयार पार्ने बढी केन्दि्रत रही उपचार गरिने बताएका छन् ।
स्वीस्टीजरले भने, ‘ म पूर्णरुपमा फिट छु , खेलको बारेमा आफु कसरी प्रस्तुत हुने सोचीरहेको छु । मैले टेनिङमा पनि सहभागी भएको छु ।’
युरो कप २०१२ मा दुवै टोलीले आफना प्रतिद्धन्द्धीलाई दबाबमा राख्दै सेमिफाइनल सम्मको यात्रा तय गरेका छन् । इटालीका एन्ड्रीया पिरलोले जमनी आफनो टीमसँग डराईरहेका छन्, आफु स्पेनकै स्तरमा खेलिरहेका छौ । पिरलो र गोलरक्षक गियानलुइगी जर्मनीका लागि टाउको दुखाई सावित हुनेछन् ।
हेड टु हेड जर्मनी र इटालीबीच ७ पटक भेट भैसकेको छ । यी भिडन्तहरु विश्वकप अथवा युरो कपमै हुने गरेको पाइएको छ । इटालीले सन् १९७० र २००६ को विश्वकपमा जर्मनीलाई हराएका थिए ।युरो कपको भेटमा पनि लिग चरणमा १/१ गोलको बराबरीमा सकेको थियो ।
जर्मनी
युईएफएका अनुसार जर्मनीले पछिल्लो समयमा १५ जीत दर्ता गराई नयाँ रेकर्ड बनाएको छ । जमनी ६ पटकको युरोपियन च्याम्पियन रहिसकेको छ । सन् १९८८ मा पहिलो पटक सेमिफाइनलमा मात्रै प्रवेश गर्न सकेन । समग्रमा युरो कपमा १७ पटक सेमिफाइलनमा आफनो स्थान पक्का गरेका हुन् ।
इटाली
इटाली प्रमुख खेलहरुमा दुई चोटी फाइनलमा प्रवेश गर्न सकेको छैन् । उनीहरु सन् १९८८ मा रुससँग र १९९० मा अजेन्टिनासँग पराजित भए बाहेक अहिले सम्म १० पटक सेमिफाइनलमा गएका थिए । तर दुई युरो कपमा भने सेमिफाइनलमा जान सकिरहेको थिएन ।


Pradip Lal shrestha

Monday, June 25, 2012


इङल्यान्डको पेनाल्टी दुर्भाग्य कायमै, इटाली सेमिफाइनलमा


महत्त्वपूर्ण प्रतियोगिताको महत्त्वपूर्ण खेल टाइब्रेकरमा जाँदा पेनाल्टी मिस गर्ने परम्परा कायम हुँदा इटालीले ४-२ ले पराजित गर्दै इङल्यान्डलाई घर फर्काएको छ। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि निर्णय गर्न युरो २०१२ प्रतियोगिता कै पहिलो टाइब्रेकर  भएको हो।  यो सँगै इङल्यान्डले पछिल्ला सात वटा प्रतियोगितामा पेनाल्टी सुट आउटका कारण पराजित हुनु परेको संख्या छ पुगेको छ। पेनाल्टीबाट इङल्यान्डले जितेको एउटै खेल युरो १९९६ को स्पेनविरुद्धको खेल हो। सन् १९९० को विश्वकपको सेमिफाइनलमा पश्चिम जर्मनीले पेनाल्टीमा पराजित गरेपछि इङल्यान्डको पेनाल्टी दुर्भाग्य सुरु भएको हो। युरो १९९६ को सेमिफाइनलमा पनि जर्मनीले पेनाल्टी मै उसलाई हरायो। १९९८ को विश्वकपमा अर्जेन्टिनाले दोस्रो चरणमा पेनाल्टी मै इङल्यान्डलाई पराजित गर्‍यो भने युरो २००४ र २००६ को विश्वकप दुवैमा पोर्चुगलले इङल्यान्डलाई पराजित गरेको पेनाल्टी मै थियो। इङल्यान्डका स्ट्राइकर वायने रुनीले पेनाल्टी दुर्भाग्यबाट बाहिर निस्कन निकै गाह्रो भएको बताए। किभको रङ्गशालामा पेनाल्टी पहिलो मिस गर्ने भने इङल्यान्डका खेलाडी नभएर इटालीका रिकार्डो मोन्टोलिभो थिए। रुनीले गोल गरेर इङल्यान्डलाई २-१ ले अगाडि पारेकै थिए। 

तर इङल्यान्डको सपनालाई खरानी बनाउने काम एस्ले यङ र एस्ले कोलले गरे। त्यसपछि निर्णायक पेनाल्टी हान्ने जिम्मा इटालीका अलेस्सान्द्रो दिमन्टीले पाए। उनले सजिलै गोल गरेपछि इटालीको सेमिफाइनल भिडन्त जर्मनीसँग पक्का भयो।  
एस्ले कोलले चेल्सीको च्याम्पियन्स लिग खेलमा पेनाल्टीलाई सहजै गोलमा परिणत गरेका थिए। एस्ले यङले पनि म्यानचेस्टर युनाइटेड र वाटफर्डका लागि पेनाल्टी गोलमा परिणत गरेका थिए। तर देशका लागि भने उनीहरुले पेनाल्टी गुमाए।

खेल पेनाल्टीमा गुमाए पनि पूरै खेलमा इटालीको दबदबा थियो। इटालीको सट्स अन टार्गेट २० थियो। यो संख्या युरो २०१२ का सबै चार खेलमा इङल्यान्डको भन्दा एकले बढी हो। इटालीले बललाई ६४ प्रतिशत नियन्त्रणमा राखेको थियो।

इङल्यान्डलाई चित्त बुझाउने बाटो भने छ। हडगसन भन्छन्, हामी नर्मल टाइममा अपराजित रह्यौँ। हुन पनि इङल्यान्डले यो प्रतियोगिताको पहिलो खेल फ्रान्सँग बराबरी खेलेको थियो भने स्वीडेन र युक्रेनलाई समूह चरणमा पराजित गरेको थियो।


Pradip Lal shrestha

Sunday, June 24, 2012

मलेसियाविरुद्ध १०७ रन अन्तरले नेपाल विजयी



Pradip Lal shrestha

WWE SmackDown 9/16/11 - Full Show [HDTV]



Pradip Lal shrestha
                                           वास्तवीकता
कसैलाई पनि नरकीय जीवन विताउन रहर हुँदैन । कुनै न कुनै परिस्थितिले उसलाई बेश्या बनाईदिन्छ । उसको पनि रहर हुन्छ । उ पनि त नारी नै हो । उसले पनि सिरमा रातो सिंदुर लगाएर घरजम गर्ने सपना देखेकी हुन्छे । के उसको सपना सपना नै होईन र रु फेरी बेश्या त्यसलै हुँदैन हाम्रै समाजका भद्र भनौदाहरु नै बेश्याको निर्माण गर्नछन् । तीनै भद्रहरु नै त्यसलाई उपभोग गर्छन् । यदी उपभोग कुनै पनि पुरुषले नगर्दो हो त विश्वमा कुनै पनि नारी बेचिनु पर्ने थिएन । कुनै पनि नारी कसैको दासी बन्नु पर्ने थिएन । कुनै पनि नारी कसैको हवसको सिकार बन्नु पर्ने थिएन । बेश्या भनेर नारीलाई गाली गरिन्छ तर वास्तवीकतामा समाजका हरेक पुरुषहरु बेश्या हुन् ।


Pradip Lal shrestha
Euro 2012 Quarter finals England Vs Italy



Pradip Lal shrestha
                     प्रेम 
भनिन्छ, प्रेम हेराइबाट सुरु हुन्छ । बोलिबाट
नजिकिन्छ । उपहार र स्पर्शबाट विकास हुन्छ ।
र कहिले मिलन त कहिलविछोडमा टुगिंन्छ ।
त्यसैले प्रेम गरिरहनु पर्दैन, आफै हुन्छ

Pradip Lal shrestha