Tuesday, July 3, 2012


स्पेनका आन्द्रेय इनिएस्टा उत्कृष्ट खेलाडी, टोसेरलाई गोल्डेन बुट

 युरो कप च्याम्पियन स्पेनका मिडफिल्डर आन्द्रेय इनिएस्टा युरो कपको उत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीमाथि ४-० को एकतर्फी नतिजा निकाल्दै स्पेन च्याम्पियन बनेको थियो। स्पेनलाई लगातार दोस्रो पटक युरो कप च्याम्पियन बनाउँदा महत्वपूर्ण भुमिका निर्वाह गरेका २८ बर्षे इनिएस्टाले टोलीका लागि सबै ६ खेल खेलेका थिए। 








युइएफएको ११ सदस्यीय प्राविधिक टोलीले इनिएस्टालाई प्रतियोगिता उत्कृष्ट खेलाडी चुनेको थियो। उनले छ खेलमा ५ सय ५१ मिनेट मैदानमा विताएका थिए। छनोट समितिले स्पेनका जाभी, जावी अलन्सो र इटालीका आन्दे्रइ पिर्लोलाई उत्कृष्ट खेलाडी सम्भाविता सुचिमा राखेको थियो। 
'इनिएस्टा उत्कृष्ट खेलाडीका हकदार हुन्। उनी प्रभावशाली, बलसहित र बल विनापनि उत्तिकै गतिमा दौडन सक्ने खेलाडी। युरोका दौरान उनले उच्च प्रदर्शन गरे। युइएफएका टेक्निकल डाइरेक्टर एन्डी रोक्सबरेगले भने,' पिर्लोले पनि इटालीका लागि असाध्यै राम्रो खेले। जाभीले पछिल्लो संकरणका विजेता हुन्। अलस्नोले पनि प्रभावकारी प्रदर्शन गरे। यद्दपी इनिएस्टाको विशेष थियो।'
इनिएस्टासहित स्पेनका १० खेलाडी युइएफको प्रतियोगिताको टोलीमा पर्न सफल भएका छन। २३ सदस्यीय टोलीमा इटालीका चार खेलाडी समेटिएका छन्। 
प्रतियोगिता टोली 
गोलकिपर : गुइनलुइगी बुफोन (इटाली), इकर कासिलास (स्पेन) मान्युल नेयुर (जर्मनी)
रक्षक : जेरार्ड पिके (स्पेन), फावियो कोन्ट्राव (पोर्चुगल), फिलिप लाहम (जर्मनी), पेपे (पोर्चुगल), सर्जियो रामोस (स्पेन), जोर्डी अल्बा (स्पेन)
मिडफिल्डर : डानेली डी रोसी (इटाली), स्टेफन जेरार्ड (इङ्ल्यान्ड), जाभी (स्पेन), आन्द्रेय इनिएस्टा (स्पेन), सामी काडिरा (जर्मनी), सर्जियो बुस्केट्स (स्पेन), मेसुट ओजिल (जर्मनी), आन्द्रेइ पिर्लो (इटाली), जावी अलन्सो (स्पेन)
स्ट्राइकर : मारियो बालोटेली (इटाली), सेस फेब्रिगास (स्पेन), क्रि्कस्टियानो रोनाल्डो (पोर्चुगल), ज्लाटान इब्राहिमोविच (स्विडेन), डेभिड सिल्भा (स्पेन)

टोसेरलाई गोल्डेन बुट

कम समयमा ३ गोल गर्ने स्पेनका फरवार्ड फर्नान्डो टोरेसले गोल्डेन बुट जितेका छन्। उनले १ सय ८९ मिनेट खेल्दै ३ गोल गरेका थिए। इटालीविरुद्धको फाइनलमा खेलको अन्त्यतिर मैदान प्रवेश गरेका टोरेसले प्रतियोगिता तेस्रो गोल गरेका थिए। त्यसअघि समूह चरणमा आयरल्यान्डलाई ४-० ले हराउँदा टोरेसले २ गोल गरेका थिए। युरो कप २०१२ मा उनीसहित ६ खेलाडीले ३ गोल गरेका थिए। फाइनलमा एक गोल गरेका टोरेसले हुवा माटाको गोलका लागि पास मिलाइदिएका थिए। ३ गोल गर्ने अन्य खेलाडीमा इटालीका मारियो बालोटेली, एलान जागोएभ (रसिया), मारियो गोमेज (जर्मनी, मारियो म्यानजुकिक (क्रोएसिया) र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो थिए।

Pradip Lal shrestha

इतिहास रच्दै स्पेन बन्यो युरो च्याम्पियन (फोटोसहित)




इटालीलाई ४-० ले पराजित गर्दै स्पेन युरो च्याम्पियनसिपको उपाधि रक्षा गर्ने पहिलो टिमको कीर्तिमान राखेको छ। लगातार दुई वटा युरो कप र विश्वकप गरी तीन प्रमुख उपाधि जित्‍ने कीर्तिमान पनि स्पेनले नै राख्‍न सफल भएको छ। यसैगरी युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ। 
स्पेनका लागि उपाधिको बाटो मध्यान्तर अघि भएका दुई गोलले कोरिसकेको थियो।  खेल सुरु भएको १४ मिनेट मै सिल्भाले पहिलो गोल गरेका थिए। मध्यान्तरभन्दा ४ मिनेट अघि जोर्डी आल्बाले थप एक गोल गरी अन्तर फराकिलो पारे। 


मध्यान्तरपछिका दुई गोल अन्तिम १० मिनेटमा भएका थिए। फाब्रिगासलाई स्थानान्तरण गरी ल्याइएका टोरेसले ८४ औँ मिनेटमा गोल गरे भने त्यसको चार मिनेट मै अर्का स्थानापन्न खेलाडी जुआँ माताले अर्को एक गोल गरी जित सुनिश्चित बनाइदिए।


स्पेनको आक्रमणलाई रोक्न इटालीलाई ११ खेलाडी हुँदै गाह्रो परिरहेको थियो, ६४ मिनेटदेखि १० खेलाडीमात्रै हुँदा त असंभवै भयो। मैदानमा पसेको सात मिनेटमै मिडफिल्डर थियागो मोट्टा चोटग्रस्त भई बाहिरिँदा इटालीले आफ्नो सबै सब्स्टिच्युसन प्रयोग गरिसकेको थियो। 


प्रतियोगितामै पहिलो पल्ट स्पेनले बलको अधिकांश 'पोसेसन' विपक्षी टिमलाई दिएको थियो मध्यान्तरअघि। तर पनि स्पेनको ट्रेडमार्क क्विक पास चैँ घातक र सटिक थियो। यसैको बलमा स्पेन मध्यान्तरअघि दुई गोलको अग्रता हासिल गर्न सफल भयो। 


स्पेनको ४-० को यो जित युरो कपको इतिहासमा पहिलो हो। यसअघि तत्कालीन पश्चिम जर्मनीले सन् १९७२ मा सोभियत युनियनलाई ३-०ले पराजित गरेको थियो। 

जितसँगै स्पेनले आफ्ना आलोचकहरुलाई पनि दरिलो जवाफ फर्काएको छ, जो भन्थे युरो र विश्व कप च्याम्पियन बोरिङ खेल खेल्न थाल्यो। तस्बिरहरुः एपी 



Pradip Lal shrestha