Thursday, March 17, 2011
Wednesday, March 9, 2011
गजल
तिम्रो हुन के–के गरें हिसाब गर्दैछु कति बाँचे, कति मरें हिसाब गर्दैछु आँखा मेरो हिमाल थियो, आँशु मेरो नदी त्यहि नदीलाई कति तरें हिसाब गर्दैछु जिन्दगीमा धेरैपटक आयो हावाहुरी आँधीभित्र कति परें हिसाब गर्दैछु तिमीलाई पठाइएका प्रेमिल पत्रसँगै च्यातिएर कति जलें हिसाब गर्दैछु गिलास सबै रित्याएर सम्झें तिमीलाई सम्झेपछि कति ढलें हिसाब गर्दैछु
Monday, March 7, 2011
जोगी आममानिसभन्दा चार दोब्बर बाँच्छ

यो साताभरि पशुपति क्षेत्र जोगीहरूले भरिभराउ थियो। यी जोगीहरूको हाउभाउ, बोली-व्यवहार एवं जीवनशैली आममानिसका लागि अनौठा थिए। कहिल्यै पशुपति नपुग्ने युवाहरू पनि यिनै जोगीको क्रियाकलाप हेर्न श्लेषमान्तक वन वरपर घुमिरहेका देखिन्थे। कतिपयले यो अवसरलाई गाँजा, भाङ, धतुरो खाएर जोगीसँगै लठ्ठिने अवसर पनि बनाएका थिए। नागा बाबाहरूको क्रियाकलाप अर्को रोचक पक्ष थियो। शिवरात्रीका अवसरमा प्रत्येक वर्ष हुने यस्ता क्रियाकलाप आममानिसका लागि अनौठा भए पनि यसलाई योगीहरू आफ्नो जीवनशैली मान्छन्। आखिर योगीहरू किन यसो गर्छन्, यसका पछाडि के कारण छ ? हाम्रो दृष्टिमा अचम्म लाग्ने उनीहरू हाम्रो जीवनका बारेमा के सोच्छन् ? यसको सोधखोज गर्ने क्रममा साप्ताहिकले योगी गंगा दासलाई फेला पार्यो। जोगीहरूको भीडभाड एवं मगन्ते प्रवृत्तिभन्दा भिन्न ध्यानमा लीन भएको देखेपछि साप्ताहिकले उनीसँग जोगीको जीवनका सम्बन्धमा एक घण्टा कुराकानी गरेको थियो।
तपाईं को हो ?
म ईश्वरपुत्र, ईश्वरको सेवक ।
ईश्वर पुत्र भनेपछि तपाईंका पिता पनि होलान्, ती ईश्वर कहाँ छन् ?
कहाँ छैनन् ? सबैतिर छन् । मनभित्र छन्, मनबाहिर छन् ।
तपाईंलाई जन्माउने पिताचाहिँ पिता होइनन् ?
उनी कुशेश्वर झा अर्थात् यो शरीरका पिता हुन्, मेरा होइनन् । उनलाई मैले १२ वर्षमै त्याग गरें । किनभने कुशेश्वर मरिसके, अहिले गंगा दास बाँचिरहेको छ । गंगा दासले १२ वर्षर्देखि आफ्नो साँच्चैको पिता खोजिरहेको छ । ईश्वरमा समाहित हुने माध्यम गंगा दास हो ।
हाम्रो धर्मशास्त्रहरूमा माता-पिताको सेवा नगर्ने पुत्र कुपुत्र हुन्छ भनिएको छ, तपाईंले चाहिँ ईश्वर खोज्ने नाममा आफ्ना माता-पिता एवं घर त्याग गर्नुभयो, पाप लाग्दैन ?
तिमीहरू यो गम्भीर कुरा बुझ्दैनौ । ....अँ यति बुझ, रामानन्दी सम्प्रदायमा प्रवेश गरेपछि हाम्रो गोत्र बद्लिन्छ । हाम्रा लागि घर, घर रहँदै न । हाम्रो मात्र होइन, हिन्दू धर्ममा अघोरी, दिगम्बर, अखडा, उदासी जस्ता सयौं सम्प्रदाय छन्, त्यसमा प्रवेश गर्नु भनेको पुरानो परिचय त्याग्नु हो । तिमीले हामीलाई देख्दा अनौठो लाग्छ, तर यो हाम्रो जीवनशैली हो । मैले तिमीलाई देख्दा यस्तो अप्ठेरो जीवन कसरी बाँचिरहेका छौं भनेर दया लाग्छ ।
हामीलाई भने तपाईंको यो दरिद्र जीवन देख्दा दया लाग्छ, किन होला ?
किनभने तिमीहरूलाई यथार्थ कुरा थाहा छैन । तिमी जसलाई मेरो घर, मेरो सम्पत्ति, मेरी श्रीमती, मेरो पद, मानिरहेका छौं, भोलि त्यो तिमीस ँग रहँदैन । जुन कुरा तिमीसँग छैन, त्यही कुरामा अभिमान गरिरहेका छौं । तिमी सबै कुरा पाएर पनि तनावमा छौ, म दरिद्र भएर पनि सन्तोषी छु ।
तपाईंको विचारमा हाम्रो जीवनको कुनै उद्देश्य छैन ?
मैले त्यसो भन्न खोजेको होइन । गृहस्थ धर्म ठूलो धर्म हो तर जे छ त्यसमा सन्तोष मानेर अध्यात्मिक जीवन बाँच्ने हो भने त्यो जीवन राम्रो हो । यहाँ तिमीले भिखारी, चटके, मूढ विभिन्न जोगी देख्छौं । उनीहरूले तिमी जस्ता सोझा मानिसलाई झुक्याएर बर्बाद पार्छन् । यस्ता जो गीहरू पनि वास्तविक योगी होइनन् । उनीहरू पनि खराब जीवन बाँचिरहेका छन् । त्यसैले गृहस्थ राम्रो कि योगी राम्रो भनेर दाँज्ने कुरा हुँदै न । व्यक्तिचाहिँ असल कि खराब भन्ने हो । यद्यपि जोगीको सानो गल्ती पनि माफ हुँदैन । किनभने ऊ काम, क्रोध, लोभ, मोह, मात्सर्य त्याग्ने संकल्पका साथ योगी भएको हुन्छ, तर गृहस्थले त्यो दावी गर्दैन ।
त्यसो भए असल योगीको परिचय के हो ?
धेरै ठूलो प्रश्न सोध्यौं । यसको उत्तर लामो हुन्छ । यति बुझ, सबै पहेंलो लुगा लगाउन व्यक्ति योगी होइन । नाङ्गो हुनेबित्तिकै, दुई-चार कुराको भविष्यवाणी गर्नेबित्तिकै उसलाई नपुज । किनभने योगीले यस्ता कुरामा विश्वास गर्दैन । उसको लक्ष्य ईश्वर प्राप्ति हो ।
तपाईंले ईश्वर पाइसक्नुभयो ?
छैन, पाउने प्रयासमा छु तर यति थाहा छ, यो सारा संसार ईश्वरको माया हो । म उनमै समाहित हुन चाहन्छु । सबै असल मानिसको अन्तिम प्रयास नै ईश्वर प्राप्ति हो ।
एउटा ईश्वर प्राप्त गर्न यति दुःख गर्नुभएको हो ?
कस्तो दुःख ?
स्त्री सुखबाट वञ्चित हुनु, सन्तान नहुनु, घर-बार नहुनु, के यो दुःख होइन ?
तिमी जुन कुरालाई सुख भनिरहेका छौ, त्यो नै दुःख हो । गृहस्थ साना सुखका लागि ठूलो दुःख खेप्न तयार हुन्छ । हामी ठूलो सुखका लागि साना-तिना दुःख सहन तयार हुन्छौं ।
तैपनि यत्रो जवानीका दिन गए, एउटी सुन्दर स्त्री भोग गरौं, राम्रो सन्तान जन्माऔं भन्ने लाग्दैन ?
लाग्दैन, किनभने मलाई आँपको स्वाद थाहै छैन । थाहा पाउने आवश्यकता छैन ।
तैपनि आँप मीठो हुन्छ भन्ने सुन्नुभएको होला, एकपटक चाख्न पाए हुन्थ्यो भन्ने लाग्दैन ?
तिमी रकेट चढेका छौ ? रकेट चढ्दा आनन्द आउँछ भन्ने पनि सुनेका हौला, तर तिमी रकेट नचढी म मर्दै मर्दिनँ भनेर दाबी गर्छौ ? समझदार व्यक्ति भए पक्कै गर्दैनौ । संसारका करोडौं कुरा कुरा तिमीलाई थाहा छैन, तिमी ती कुरा थाहा पाउनु आवश्यक पनि मान्दैनौ । हाम्रा लागि स्त्री, पुत्र र सम्पत्ति त्यस्तै काम नलाग्ने कुरा हुन् ।
तपाईंका लागि ती कुरा किन काम नलाग्ने भए ?
किनभने तिनले समय बर्बाद पार्छन् । गृहस्थ व्यक्ति कति समय आफ्ना लागि बाँच्छ ? सबै परिवारका लागि बाँच्नुपर्छ । शिक्षा, दीक्षा, जागीर, कमाई, सम्पत्ति कमाउँदै जान्छ तर ऊ आफू भने बाँच्न बिर्सन्छ । हामी फक्कड, एक्लो, जति छ आफ्नो छ । कसैलाई बाँड्नु पर्दैन । म ने पाल-भारतका सबैजसो क्षेत्र घुमेको छु । नयाँ-नयाँ अनुभव बटुलेको छु । गृहस्थले यस्ता अनुभव बटुल्ने अवसर पाउँदैन । साँचो अर्थमा जोगी गृहस्थभन्दा चार दोब्बर बढी बाँच्छ ।
तपाईंले गरेको सबैभन्दा ठूलो साधना ?
दुई-चार पत्ता बेलपत्र पिसेर त्यसमा एक टुक्रा मिस्री हालेर दिनको दुई गिलास पानी पिउने साधना गरें । यो क्रम २३ दिनसम्म जारी राखें । पशुपतिनाथमा रहेको राम मन्दिरको विशेष पूजामा मैले उक्त साधना गरेको थिएँ । भारतका केही राम मन्दिरमा पनि यस्ता साधना गरें । यद्यपि हामी सधैं अल्पहारी र मन्त्रजप गर्ने भएकाले हाम्रा लागि सधैं साधना हुन्छ ।
शिवरात्री सकियो, अब कहाँ जानुहुन्छ ?
हाम्रा लागि सारा संसार नै आफ्नो घर । यद्यपि जनकपुर मेरो तपोभूमि हो । जनकपुरतिर आउनुभयो भने मलाई त्यतैतिर भेट्न सक्नुहुन्छ ।
पेट पाल्न के गर्नुहुन्छ ?
पाँचवटा घरमा भिक्षा माग्छु । त्योभन्दा बढी भिक्षा माग्ने अधिकार हामीलाई हुँदैन । यदि पाँच घरमा भिक्षा माग्दा पाइएन भने त्यो रात हामी भोकै सुत्छौं तर चिन्ता छैन, हामीलाई भोकै बाँच्ने बानी परिसकेको हुन्छ ।
Friday, March 4, 2011
पर्खी बसे दोबाटोमा
पर्खी बसे दोबाटोमा तिमी आँउछौ भनि भयौ तिमी टाढा यो दु:खीको माया मारी दु:खी यो जिवनमा साहारा दिने कोहि भएन चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन कति तडपिएको छु तिम्रो माया पाउछु भनि विपनामा आउने गर सपनामा सताउछौ किन? पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमी सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन? भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई। |
Thursday, March 3, 2011
Subscribe to:
Posts (Atom)












Doha Time
